प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ।
महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली भने आइतबार नै संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ।
राष्ट्रसंघको यस उच्चस्तरीय महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री शाहले १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन्। उनी असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीको भ्रमणअघि नै न्युयोर्क जान लागेका परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गतका विभिन्न बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले विभिन्न देशका समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित: ३ आश्विन २०८३ १६:२३ शनिबार





