२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

त्रिविमा शिक्षा मन्त्रीविरुद्ध ‘नेपोबेबी मुर्दावाद’को नारा

शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले नाराबाजी गरेका छन्। 

कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्न पुगेका मन्त्री पोखरेलविरुद्ध विश्वविद्यालय परिसरमा विद्यार्थीहरूले नाराबाजी गरेका हुन्। 

त्रिवि अगाडि प्रदर्शनमा सहभागीहरूले ‘नेपोबेबी मुर्दावाद’, ‘मुर्दावाद, मुर्दावाद’ र  ‘राजनीतिक भागबण्डा बन्द गर’ लगायतका नारा लगाएका थिए। 

विद्यार्थी तथा युवाहरूले त्रिविमा राजनीतिक भागबण्डाको विरोध गर्दै मन्त्री पोखरेलविरुद्ध नाराबाजी गरेको जनाइएको छ। 

प्रकाशित: २२ आश्विन २०८३ १५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App