२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सर्‍यो

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कार्यसम्पादन समितिको बैठकमा नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले भोलि आइतबार हुने भनिएको बैठक केही दिन सार्ने तय भएको हो।

‘कार्यसम्पादन समितिका सबै सदस्यले धारणा राख्ने क्रम नसकिएकाले भोलि नै केन्द्रीय समिति बैठक बस्न नसक्ने भएपछि केही दिन पर सार्ने सहमती भएको छ,’ केन्द्रीय सदस्य श्याम घिमिरेले भने, ‘सम्भवतः अब २९ गतेका लागि केन्द्रीय बैठकको मिति तय हुन्छ। केही बेरमा आधिकारिक निर्णय आउला।’  

प्रकाशित: २५ आश्विन २०८२ १८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App