३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

तीन दिनमा जीवनभर नभएको निन्दा खेपें, भोलि सानेपाबाट जवाफ दिन्छु: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले संस्थापन इतर समूहको भेलातर्फ इङ्कित गर्दै विगत तीन दिनमा आफ्नो जीवनभर नभएको निन्दा खेप्नुपरेको बताएका छन्।

यस विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट विस्तृत धारणा सार्वजनिक गर्ने उनले घोषणा गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले इतर समूहले गरेको विरोधप्रति बोलेका हुन्।

उनले भने, ‘चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु। मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ। कसले कति निन्दा गरेको छ, त्यो जीवनमा नभएको निन्दा यी तीन दिनमै आयो।’

काठमाडौंमा सम्पन्न कांग्रेस इतर समूहको तीन दिने भेलामा अधिकांश नेताहरूले सभापति गगन थापाको चर्को आलोचना गरेका थिए।

सभापति थापाले राजनीतिमा सफलताको मानक पद वा सत्ता मात्र हुन नसक्ने बताए। पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल र कार्यकर्ताको त्यागलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन,’ थापाले भने, ‘लेखक धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ।’

प्रकाशित: ३१ श्रावण २०८३ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App