२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस १५औँ महाधिवेशन : अपराह्न ४ बजेका लागि सर्यो बन्दसत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र अपराह्न ४ बजेसम्मका लागि सारिएको छ। 

नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यका अनुसार  बन्दसत्र अपराह्न चार बजे सुरु हुने छ। 

वर्षाका कारण बन्दसत्र अपराह्न ४ बजेसम्मका लागि सारिएको बताइएको छ।

बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ।

प्रकाशित: २१ आश्विन २०८३ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App