१५ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

नेपाललाई सहयोग पठाउँदै अस्ट्रेलिया

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढीबाट प्रभावित नेपालका समुदायलाई सहयोग गर्न अस्ट्रेलियाले मानवीय सहायता पठाउन लागेको बताएका छन्।

अल्बानिजका अनुसार आगामी केही दिनमा अस्ट्रेलियन वायुसेनाको सी-१७ए विमान मानवीय सहायता सामग्री, आवश्यक उपकरण तथा जनशक्ति लिएर नेपालतर्फ प्रस्थान गर्नेछ। बाढीबाट प्रभावित तथा ठूलो क्षति व्यहोरेका समुदायलाई सहयोग पुर्‍याउन उक्त टोली परिचालन गरिने उनले बताए।

उनले बाढीपछि अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियन नागरिकका परिवार तथा आफन्तप्रति सहानुभूति व्यक्त गरेका छन्।

अस्ट्रेलियाले नेपाललाई आवश्यक परेको स्थानमा सहयोग पुर्‍याउन निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता पनि प्रधानमन्त्री अल्बानिजले व्यक्त गरेका छन्।

प्रकाशित: १५ भाद्र २०८३ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App