२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका नेताबिच झण्डै ३ घण्टा छलफल

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूबीच राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय भेटवार्ता सकिएको छ।

मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको छलफल झण्डै ३ घण्टासम्म चलेर साँझ ६ बजेतिर सकिएको हो।

बैठकमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र विशेषगरी जेन-जी आन्दोलनपछि पहिलो पटक एकै ठाउँमा जुटेका शीर्ष नेतृत्वबीच लामो समय कुराकानी भए पनि छलफलका विषयवस्तु र निष्कर्ष भने सार्वजनिक गरिएको छैन।

प्रकाशित: ८ पुस २०८२ १८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App