राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले सामुदायिक र निजी विद्यालयमा कायम पाठ्यपुस्तक र पोशाकमाथिको विभेद अन्त्यको माग गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्दै उनले हरेक वर्ष पाठ्यक्रम परिवर्तन हुने गरेकाले अभिभावकहरु मारमा पर्ने गरेको दाबी गरे। उनले भने, 'सरकारले भर्ना शुल्न नलिन निर्देशन दिएपनि पाठ्यपुस्तकका नाममा मुलुकभर रहेका झण्डै २४ लाख विद्यार्थीबाट औसत ५ हजारका दरले २१ दिन भित्र ११ अर्ब ८४ करोड रुपैयाँ खर्च हुने गरेको छ। पब्लिकेशन्सको कमिसनको खेलमा पाठ्यक्रम परिवर्तन हुँदा त्यसको प्रत्यक्षमारमा अभिभावकहरु पर्ने गरेका छन्।'
सांसद पाठकले पोशाक र पाठ्यक्रमका कारण नेपालको शैक्षिक क्षेत्रमा ठुलो विभेद रहेको चर्चा गर्दै अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने एकै मापदण्डका पाठ्यपुस्तकको विकास गर्न माग गरे। पोशाकमा एकरुपता ल्याएर विद्यार्थीहरुमा हुने विभेदको अन्त्य गर्न पनि उनको माग थियो।
प्रकाशित: २५ चैत्र २०८२ १६:३९ बुधबार





