२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

विमलको निधनमा जनकपुरधाममा शोक बिदा

वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। 

उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो। 

सूचनामा डा विमलले शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरिएको छ। 

डा विमलको निधनले समग्र जनकपुरधामवासी मर्माहत भएको जनाउँदै उपमहानगरपालिकाले उनको महाप्रस्थानले जनकपुरधामको साहित्यिक तथा बौद्धिक क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।  

प्रकाशित: २७ श्रावण २०८३ ११:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App