प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन्।
उनी प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछ। उनले भारतीय समकक्षी मोदीसँग भोलि (सोमबार) प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको उडानमार्फत् आज दिउँसो ३:४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटल ताजमहल पुग्नेछन्। होटलमा साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री शाहको टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्ययवसायी र पत्रकारलगायत रहने छन्।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी मंसिर ७ गते अपराह्न ४ बजेर ५० मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।
प्रकाशित: ६ मंसिर २०८३ ०८:३५ आइतबार


-600x400.jpg)

