ग्यासको अभावलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन्।
मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिन्डर भएपनि साटेर ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।
मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिन्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उनको सचिवालयले जनाएको छ।
यस्तै, मन्त्री यादवले उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा कम्पनिले निर्देशन विपरित काम गरे कारबाहि गर्ने समेत चेतावनी दिएकी छिन्।
प्रकाशित: २४ भाद्र २०८३ १२:२१ बुधबार





