महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जेनजी आन्दोलनका घाइते सन्तोष बोहोरालाई वीरेन्द्रनगरस्थित निवासमा पुगेर भेट गरेकी छन्।
भेटका क्रममा मन्त्री बादीले बोहोराको स्वास्थ्य अवस्था, पारिवारिक परिस्थिति तथा परिवारले भोगिरहेका समस्याबारे जानकारी लिएकी थिइन्।
उनले बोहोराकी छोरीको शिक्षालाई निरन्तरता दिन सहयोग गर्ने, श्रीमतीका लागि रोजगारीको अवसर जुटाउन पहल गर्ने तथा परिवारलाई आवश्यक अन्य सहयोग र सेवा सुविधाका लागि सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने आश्वासन दिएकी थिइन्।
प्रकाशित: २० कार्तिक २०८३ १९:११ शुक्रबार





