२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

उच्च अदालतको आदेशपछि शुक्रबार थुनामुक्त भएका लामिछानेले आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेट गरेका हुन्।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले शुक्रबार रिहा भएपछि आइतबार दिउँसो मात्र वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा पुनः जिम्मेवारी सम्हालेका थिए।

पार्टी कार्यालयको कार्यक्रम सकेलगत्तै उनी प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका हुन्।

भेटमा सभापति लामिछानेसहित रास्वपाका अन्य शीर्ष नेताहरूको पनि सहभागिता रहेको छ।

प्रकाशित: ६ पुस २०८२ २०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App