२ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

बालेन्द्र सरकारलक्षित महेशको कविता : ग्यास दिन सक्दिनँ, दाउरा बाल, भोट चाहिँ घण्टीमै हाल

फाइल तस्बिर

बालेन्द्र शाह सरकारले जनतालाई मल, ग्यास, शान्ति सुरक्षा र सुशासन दिन नसकेको भन्दै नेकपा एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालमा कवितात्मक शैलीमा व्यङ्ग्य गरेका छन्।

उनले सरकारको असफलताप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मल दिन सक्दिनँ! गाई भैंसी पाल !! ग्यास दिन सक्दिनँ! दाउरा बाल !! शान्ति ल्याउन सक्दिनँ! आफै राख ज्यानको ख्याल!! चोरलाई सजाय दिन सक्दिनँ! बन्द राख झ्याल!! बिचौलिया समाउन सक्दिनँ! मेरै छ बेहाल!! तर, अब आउने चुनावमा! भोट चाहिँ घण्टीमै हाल!!’ 

बस्नेतले रास्वपा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यो कवितात्मक स्टाटस सेयर गरेका हुन्।

प्रकाशित: २ भाद्र २०८३ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App