नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ र २४ गतेका घटनामा राष्ट्रका संरचना, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रश्न गरेका हुन्। उनले घटनामा भएको क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही कहिले गरिने हो भन्ने प्रश्नसमेत उठाए।
उनलेभने, 'भाद्र २३–२४ गतेको घटनालाई लिएर मुख्य प्रश्न राष्ट्रका संरचना, सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमा भएको तोडफोडको जिम्मेवारी कसले लिने? क्षतिको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही कहिले गराउने?'
प्रकाशित: २ कार्तिक २०८३ १३:५४ सोमबार





