२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

मधेसका मुख्यमन्त्री सतीस सिंह र प्रदेश सांसद साहले जनमत पार्टी छाडे

मधेस प्रदेशका मुख्यमन्त्री सतीस सिंह र प्रदेश सांसद त्रिभुवन साह जनमत पार्टी परित्याग गरेर नव गठित जनस्वराज पार्टी प्रवेश गरेका छन ।  

आजै निर्वाचन आयोगको प्रादेशिक कार्यालय पुगेर सनाखत समेत गरेका छन् ।  

सनाखत गर्नेहरुमा सिंहसहित त्रिभुवन साह पनि छन् । मुख्यमन्त्रीले नै पार्टी छाडेपछि सीके राउत समर्थित जनमत पार्टीका नेता कार्यकर्ताले मुख्यमन्त्रीविरुद्ध नाराबाजी र प्रदर्शन समेत गरेका थिए ।  

नाराबाजी र प्रदर्शनले झडपको रुप लिने देखिएपछि प्रहरी परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिइएको थियो ।  

 

प्रकाशित: २९ आश्विन २०८२ १६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App