२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीका मुख्यमन्त्रीको घरमा आगजनी, सरकारी कार्यालयहरू तोडफोड

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको निजी निवासमा आगजनी गरिएको छ।

जेन-जी प्रदर्शनकारीहरूले मंगलबार बेलुका सन्धिखर्क नगरपालिका–१, हटारीमा रहेको आचार्यको निजी निवासमा तोडफोड र आगजनी गरेका हुन्। सुरक्षाकर्मी तैनाथ गरिए पनि सुरक्षा घेरा तोडेर उनीहरूले आगजनी गरेका छन्।  

यसबाहेक प्रदर्शनकारीहरूले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेकपा समाजवादी पार्टीका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्।  

यस्तै सन्धिखर्क नगरपालिका, जिल्ला समन्वय समिति, वडा नम्बर १, वडा नम्बर २ को कार्यालयमा पनि तोडफोड भएको छ। केही सरकारी गाडीहरूमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्‍याएका छन्।

प्रकाशित: २४ भाद्र २०८२ २०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App