२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रश्न गरौं, आलोचना गरौं तर सार्वजनिक पदको सम्मान कायम राखौं : सांसद राई

नेपाली कांग्रेसका सांसद निश्कल राईले सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्रीप्रति गरिएको दुर्व्यवहार उचित नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। सांसद राईले सरकारका निर्णयप्रति असहमति राख्न, प्रश्न उठाउन र आलोचना गर्न पाउने अधिकार सबैलाई भए पनि सार्वजनिक पदमा रहेका व्यक्तिप्रति सभ्य व्यवहार कायम राख्नुपर्ने बताए।

'सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता एवं मन्त्रीप्रति गरिएको दुरर्व्यवहार ठीक हाेइन,' उनले भनेका छन्, 'असहमति हुन सक्छ, चित्त नबुझ्न सक्छ, सरकारका निर्णयप्रति प्रश्न उठाउन सकिन्छ। प्रश्न गरौ, आलोचना गरौ तर सार्वजनिक पदको सम्मान कायम राखौ।'

लोकतन्त्रमा असहमतिको अधिकारसँगै सभ्य व्यवहार गर्ने जिम्मेवारी पनि हुने उल्लेख गर्दै राईले सहअस्तित्वलाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन्। 'सहअस्तित्व स्वीकार गरौं, लोकतन्त्रमा असहमतिको अधिकारसँगै सभ्य व्यवहारको जिम्मेवारी पनि हुन्छ,' उनले भने।

प्रकाशित: २८ भाद्र २०८३ १०:०४ आइतबार