१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

बेसहारा नागरिकको संरक्षणको जिम्मा पनि सरकारको नै हो भन्ने कुरा बिर्सनु हुन्न : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेसहारा नागरिकको संरक्षणको जिम्मा सरकारको नै हो भन्ने कुरा जनप्रतिनिधिहरूले बिर्सन नहुने बताएका छन्।

वर्षा प्रारम्भ हुन लागेको बेला धेरै स्थानीय तहहरूले अतिक्रमित संरचना र बस्तीहरू हटाउने क्रम तीव्र रूपमा बढाएका जिकिर गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष लिङ्देनले यस क्रममा जसरी सार्वजनिक क्षेत्र र सम्पत्तिको संरक्षण गर्ने दायित्व सरकारको हो त्यसैगरी घरबारविहीन बेसहारा नागरिकको संरक्षणको जिम्मा पनि सरकारको नै हो भन्ने कुरा जनप्रतिनिधिहरूले बिर्सन नहुने बताए।

'वर्षा प्रारम्भ हुन लागेको बेला धेरै स्थानीय तहहरूले अतिक्रमित संरचना र बस्तीहरू हटाउने क्रम तीव्र रूपमा बढाएका छन्,' उनले सामाजिक सञ्जालमा लेखे, 'यस क्रममा जसरी सार्वजनिक क्षेत्र र सम्पत्तिको संरक्षण गर्ने दायित्व सरकारको हो त्यसैगरी घरबारविहीन बेसहारा नागरिकको संरक्षणको जिम्मा पनि सरकारको नै हो भन्ने कुरा जनप्रतिनिधिहरूले बिर्सनु हुन्न।'

प्रकाशित: ११ वैशाख २०८३ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App