१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

२० वर्षमा देश बदल्ने साझा योजना बनाऔं, कार्यान्वयनमा प्रतिस्पर्धा गरौं: डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक समृद्ध बनाउन २० वर्षे विकासको साझा योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा हुनुपर्ने प्रस्ताव गरेका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले परम्परागत राजनीतिबाट माथि उठेर मुलुकलाई आर्थिक रूपमा फड्को मार्ने स्पष्ट खाका कोर्नुपर्ने बताएका हुन्।

काठमाडौंको खुलामञ्चमा आयोजित सभामा उनले भने, ‘हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर र चीन ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे। आगामी २० वर्षभित्र हामी पनि त्यहाँ कसरी पुग्ने ? अझै पनि समय छ, सबैले सोचौं।’

उनले देश विकासको साझा खाका तयार गरी त्यसलाई कसले चाँडो र प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयमा मात्र दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। ‘त्यसको एउटा योजना बनाऔं र सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौं, त्यसो गरे मात्रै देश बन्छ,’ उनले थपे।

यसैगरी, डा. भट्टराईले देशमा राजनीतिक स्थिरता कायम गर्न विगतका गल्तीहरूबाट पाठ सिक्दै नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने आवश्यकता समेत औंल्याए।

प्रकाशित: १८ आश्विन २०८३ १६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App