२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

दसैंमा जाम घटाउने तयारी: नारायणगढ-काठमाडौं सडकमा ठूला मालवाहक गाडी निषेध

दसैंका बेला यात्रुहरूको सहज आवागमनलाई ध्यानमा राख्दै नारायणगढ-काठमाडौं सडकखण्डमा ट्रेलर लगायतका ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाहरूको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म अर्थात् २५ असोजदेखि ८ कात्तिकसम्म सो रुटमा ठूला मालवाहक सवारी चलाउन नदिने निर्णय गरेको हो।

दसैंको समयमा यात्रुवाहक सवारीको अत्यधिक चाप हुने भएकाले जाम र सम्भावित दुर्घटना न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधन भने निर्वाध रूपमा गुड्न पाउने निर्णयमा उल्लेख छ।

प्रकाशित: २० आश्विन २०८३ १९:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App