२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

स्वकीय सचिवको रोकिएको पारिश्रमिक नियमित गर्ने कोशी सरकारको निर्णय

कोशी प्रदेश सरकारले प्रदेश सांसदका स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक सम्बन्धित मितिदेखि नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ।

आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक पुनः नियमित गर्ने निर्णय गरेको हो। जेन्जी आन्दोलनपछि प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो।

बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ निवासी अनिल थापालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न तयार गरिएको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ संशोधन गर्न तयार गरिएको विधेयकलाई समेत स्वीकृति दिएको जनाएको छ।

प्रकाशित: १५ असार २०८३ १६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App