राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी सांसद कविन्द्र बुर्लाकोटीलाई सुम्पिएको छ।
दलको पदाधिकारी चयन प्रक्रियाअन्तर्गत बुर्लाकोटीलाई सो जिम्मेवारी दिइएको हो।
यसैगरि, रास्वपा संसदीय दलको उपनेतामा सांसद गणेश पराजुली चयन भएका छन्।
पार्टीले संसदीय दलको सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई नियुक्त गरेको छ।
प्रकाशित: ३ वैशाख २०८३ १६:०८ बिहीबार





