ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ।
भट्टेडाँडाबाट ५ किलोमिटर अगाडि पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ आश्विन २०८३ १४:४७ बिहीबार





