जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाले सोमबार लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयलाई पत्र पठाउँदै नेकपा (एमाले) का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन आजकै मितिदेखि फिर्ता लिएको जानकारी दिएका हुन्।
पार्टीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न जसपा नेपालका लुम्बिनी प्रदेशसभा सदस्यहरूलाई निर्देशनसमेत दिएको छ।
जसपा नेपालको यो निर्णयसँगै लुम्बिनी प्रदेश सरकारमाथि राजनीतिक दबाब बढेको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारी गरिरहेका बेला जसपाले समर्थन फिर्ता लिएर विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको हो।
प्रकाशित: १ भाद्र २०८३ १०:१९ सोमबार





