२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

सङ्गठित पार्टी सदस्यताको विवरण पठाउन मातहत समितिलाई जसपा नेपालको निर्देशन

जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यताको विवरण पठाउन मातहत समितिलाई निर्देशन दिएको छ। पार्टी सदस्यताको नवीकरण र अभिलेखिकरणको रेकर्ड साउन मसान्तसम्म सम्पूर्ण प्रक्रिया पुरा गरी सम्बन्धित प्रदेश समितिलाई पठाउन र केन्द्रीय कार्यायलाई समेत सोको जानकारी गराउन मातहत समितिलाई निर्देशन दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

पार्टीका महासचिव रामकुमार शर्माले सबै जिल्ला समितिलाई सदस्यता नवीकरण सम्बन्धी कार्य सम्पादन गर्न नसक्ने जिल्लाहरूको हकमा समस्या उत्पन्न हुन सक्ने भएकोले प्रदेश अधिवेशनमा सहभागीताको व्यवधान खडा भएमा सोको जिम्मेवारी सम्बन्धित सदस्य र जिल्ला समितिले लिनुपर्ने भएको हुँदा सदस्यता नवीकरण सम्बन्धी कार्य निर्धारित समयभित्र प्रभावकारी रुपमा कार्यान्वयन गर्न जिल्ला समितिलाई आग्रह गरेका छन्।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी भदौ २५, २६ र २७ गतेभित्र प्रदेश समितिको अधिवेशन गर्ने तय गरेको छ। पार्टीले प्रदेश अधिवेशन सम्बन्धी निर्देशिका २०८२ समेत जारी गरी सम्पूर्ण प्रदेश र जिल्ला समितिलाई जानकारी गराईसकेको बस्नेतले बताएका छन्।

जसपा नेपालले गत सालको भदौ महिनादेखि जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान सञ्चालन गरेको थियो। अभियान सञ्चालनको एक वर्षमा जसपा नेपालले सबै तहको अधिवेशन सक्ने भएको छ। 

प्रकाशित: २९ श्रावण २०८२ ०८:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App