२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र अर्थमन्त्रीप्रति झाँक्रीको कटाक्ष : 'मूर्खदेखि दैव डराउँछ' भन्थे हो रहेछ

नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति कटाक्ष गरेकी छन्।

'मूर्खदेखि दैव डराउँछ' भन्थे हो रहेछ भन्दै झाँक्रीले प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गरेकी हुन्।

प्रधानमन्त्री बालेन शाहको जेठ १७ गते संसदमा दिएको अभिव्यक्तिले सबैलाई लज्जाबोध गरेको बेला प्रमलाई संसदमा आएर आफ्नो राष्ट्रविरोधी अभिव्यक्ति सच्चाउन माग गरिएको बताइन्।

त्यसै क्रममा संसद चल्न सकेको बताउँदै उनले भनिन्, 'प्रधानमन्त्री बालेन शाहको जेठ १७ गते संसदमा दिएको अभिव्यक्तिले हामी सबैलाई लज्जाबोध गरेकै थियो। प्रमलाई संसदमा आएर आफ्नो राष्ट्र विरोधि अभिव्यक्ति सच्चाउन माग गरिएको थियो। त्यसैक्रममा संसद चल्न सकेको थिएन। 'मूर्खदेखि दैव डराउँछ' भन्थे हो रहेछ। नेपाली उखान चरित्रार्थ भएको छ।'

यही मौकामा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा पेस गरेको भन्दा फरक करका दर रेटहरू कार्यान्वयनमा लागेर फेरेको बताइन्। 'यति मात्र होइन भित्रि सूचना चुहाएर देशको अर्बौँको राजश्व छली गर्ने केही व्यक्तिले त्यसको लाभ लिने अवस्था छ सिर्जना गर्नु भएको छ। यी र यस्ता विषयले संसदमा प्रयाप्त प्रवेश पाउनुपर्ने थियो। तर त्यसो पनि हुन सकेको छैन,' सामाजिक सञ्जालमा भनिन्।

उनले थप लेखेकी छन्, 'हामीलाई जनताको डर छ, यस्ता कुकर्मलाई अनदेखा गरे जस्तो भएको छ। अब हामी संसदको प्रभावकारिताको लागि हाम्रा विरोध र असहमतिका तरिका फेर्नुपर्नेछ। अब फेरौ।'

प्रकाशित: २८ जेष्ठ २०८३ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App