प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे।
भेटका क्रममा राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, भेटवार्तामा नेपाल–जापानबीचको आपसी सम्बन्धका विविध आयाममा भइरहेको सहकार्यका विषयमा समेत छलफल भएको थियो।
प्रकाशित: ३१ भाद्र २०८३ १८:५० बुधबार


-600x400.jpg)


