२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

जहदा गाउँपालिकाले अस्थायी र करार सेवाका कर्मचारी हटाउने

मोरङको जहदा गाउँपालिकाले अस्थायी, करार र ज्यादारी कर्मचारीको नियुक्ती र करार सम्झौता रद्द गरेको छ । पालिकाले सूचना प्रकाशित गरी अस्थायी, करार र ज्यालादारी कर्मचारीको नियुक्ती र करार सम्झौता असोज ३१ गतेदेखि लागुहुने गरी रद्द गरेको जानकारी दिएको हो ।  

गाउँपालिकामा हाल अस्थायी, करार र ज्यालादारी गरी ६६ जना कर्मचारी कार्यरत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशनकुमार गुप्ताले बताए ।  

गुप्ताका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भनि निर्णय भए बमोजिम पलिकाले पनि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ती र सम्झौता रद्द गरेको हो ।

पालिकामा विभिन्न पदमा ४४ जना कर्मचारी र २२ जना कार्यालय सहयोगी रहेको प्रमुख प्रशासकीय अधिकृत गुप्ताले  जानकारी दिए । 

प्रकाशित: २२ आश्विन २०८२ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App