राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको प्रवक्ताको टुंगो लगाएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ।
यस्तै, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।
प्रकाशित: ५ भाद्र २०८३ १५:२२ शुक्रबार





-600x400.jpg)