४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

सर्वदलीय बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन नसक्नु दुःखद : शिक्षामन्त्री पुन

शिक्षा मन्त्री महाविर पुनले विदेशमा रहेका नागरिकलाई मतदान अधिकार दिने विषयमा सर्वदलीय बैठकबाट कुनै ठोस निर्णय नभएकोमा दुःख व्यक्त गरेका छन्। 

सामाजिक सञ्जालमार्फत मन्त्री पुनले राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगबीच करिब ६ घण्टा लामो छलफल भए पनि विदेशमा बस्ने नेपालीलाई भोट दिन सक्ने व्यवस्थाको प्रस्तावमा सहमति नजुटेको बताएका हुन्। बैठकमा सहभागी नेताहरू र नागरिक समाजका अगुवाहरूले भाषणमै समय बिताएको र ६ महिनाको सरकारका कमजोरी मात्र औँल्याएको आरोप छ।

मन्त्री पुनले कुनै पनि समस्याको समाधानका लागि सृजनशील र ठोस सुझाव दिन नसक्ने राजनीतिक दल, नेताहरू, नागरिक समाज र सरकारकै कारण देश संकटतर्फ धकेलिने चेतावनी दिएका छन्। साथै, उनले युवा पुस्तालाई सडकमा जुलुस निकालेर मात्र नहुने भन्दै आगामी चुनावमा नेतृत्व सम्हाल्न सक्रिय र साहसी रूपमा अघि बढ्न आग्रह गरेका छन्।

प्रकाशित: ८ पुस २०८२ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App