२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

पुराना भनिएका दल र अहिले उदाएका नयाँको नाभी एउटै ठाउँमा जोडिएको स्पष्ट भयो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाही आजको उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर भएको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। उनले यो व्यवस्थाको विकल्पको रूपमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्नेहरू बीचको स्पष्ट कित्ता छुट्टिएको महसुस गरेको जिकिर गरे।

‘हिजोका पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक फरक भए तापनि उनीहरूको बिचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको स्पष्ट भएको छ,' उनले भने, 'यो व्यवस्थाको विकल्पको रूपमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्नेहरू बीचको स्पष्ट कित्ता छुट्टिएको हामीले महसुस गरेका छौँ।’

उनले आफूहरूको उम्मेदवारी केवल एक थान उपसभामुखको पदका लागि मात्र नभएको बताए। उनले भने, ‘यो त आयातित व्यवस्था मान्नेहरू र विदेशीहरूको गोटी भइरहनेहरूका प्रवृत्तिका विरुद्ध र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई सिरमा धारण गर्दै राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने महाअभियान बीचको स्पष्ट भिन्नता छुट्टाउने एउटा ऐतिहासिक परीक्षा थियो। जुन परीक्षामा हामी सहभागी भइरहेका छौँ र हामी सफल पनि भएका छौँ।’

प्रकाशित: २७ चैत्र २०८२ १७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App