२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। 

उच्च तहका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूसँग सम्पर्क रहेको भनिएका सापकोटामाथि भइरहेको संवेदनशील अनुसन्धानकै क्रममा प्रहरीसँगको सोधपुछमा उनले बोलेको अडियो सार्वजनिक भएपछि अनुसन्धानको गोपनीयता र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। 

शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले सापकोटामाथिको अनुसन्धान जारी रहेको र अहिलेसम्म कुनै धारणा सार्वजनिक नगरिएको बताए। 

‘अनुसन्धान गर्ने एक मात्र निकाय प्रहरी हो। हाम्रो सम्बन्धमा कुरा गर्दा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म उहाँको सम्बन्धमा हामीले कुनै धारणा सार्वजनिक गरेका छैनौँ,’ उनले भने। 

सापकोटाको अडियो कसरी बाहिरियो र त्यसमा रहेका सामग्री कसरी सार्वजनिक भए भन्ने विषय पनि अनुसन्धानकै पाटो रहेको घिमिरेले बताए। 

प्रकाशित: २० कार्तिक २०८३ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App