रास्वपा सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। सांसद न्यौपानेले उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञान कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे जानकारी लिने, अवस्थाबारे बुझ्ने तथा आवश्यक सुझाव दिने उद्देश्यले घटनास्थलतर्फ जान लागेको बताए।
उनले आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने बताए।
उनका अनुसार सुरुङभित्र फसेकाहरूको उद्धारलाई प्रभावकारी बनाउन आफूले सक्ने सहयोग गर्ने उद्देश्यले घटनास्थलतर्फ प्रस्थान गर्न लागेको बताएका छन्।
'चिलिमे जलविद्युत आयोजनाको सुरुङ भित्र ६ जना फसिरहेको सूचना प्राप्त भएको छ। उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदैछु,' उनले लेखेका छन्।
प्रकाशित: २१ भाद्र २०८३ १०:४७ आइतबार


-600x400.jpg)


