३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

८०औं स्वतन्त्रता दिवसमा भारतलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री बालेन्द्र शाहले भारतको ८०औं स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतालाई शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शुभकामना दिँदै गर्दै प्रधानमन्त्री शाहले दुई देशबीच रहेको ऐतिहासिक सम्बन्ध र जनस्तरको निकटता आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका हुन्।

‘नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध, जनता-जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,’ प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा लेखेका छन्।

प्रधानमन्त्री शाहले दुई देशबीचको बहुआयामिक सहकार्यले भावी दिनमा थप उचाइ लिने बताउँदै भारतीय जनताको निरन्तर प्रगति र समृद्धिको कामनासमेत गरेका छन्।

प्रकाशित: ३० श्रावण २०८३ १५:१६ शनिबार