२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कुलमानलाई सडकमै उभ्याएर इलामका जेन-जीले राखे पाँच बुदे माग

मन्त्री कुलमानसँग आफ्ना माग राख्दै इलामका जेन-जी प्रतिनिधि । तस्बिर: भीम चापागाइँ

इलामका जेन-जी प्रतिनिधिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ समक्ष विभिन्न पाँच बुँदे माग राखेका छन् ।

इलामको बाढी पहिरो र पुगेको क्षतिको अवलोकन गर्न पुगेका मन्त्री घिसिङलाई सडकमै जेन-जी प्रतिनिधिले आफ्ना माग राखेका हुन् ।  

उनीहरूले मेची राजमार्गलाई तत्काल खुलाउन सरकारले अधिकतम पहल गर्नुपर्ने माग गरेका छन् । इलामको राजदूवालीमा गएको पहिरोले मेची राजमार्ग अवरुद्ध भएको छ ।  

त्यस्तै बाढीपहिरो भत्किएका घर तत्काल निर्माणको पहल थाल्न पनि उनीहरूले मन्त्री घिसिङको ध्यानाकर्षण गराएका छन् । बाढी पहिरोले घरबारविहीन भएकाको तत्काल घर निर्माणको पहल थाल्न उनीहरूले माग गरेका छन् ।  

त्यस्तै घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई तत्काल राहत वितरण गर्न माग गरेका छन् ।  

जेन-जी आन्दोलनको प्रसंगसँग जोड्दै उनीहरूले आन्दोलनमा ज्यान गुमाएका, घाइते अवस्थामा रहेका तथा अंगभंग भएकाको राज्यले के सोचिरहेको छ त्यसको खाकासहित सार्वजनिक गर्न माग गरेका छन् ।  

त्यस्तै निर्धारित मितिमै चुनाव हुने वातावरण बनाउन आवश्यक पहल गर्न आग्रह गर्दै निर्वाचनको मिति सारिए आफूलाई मान्य नहुने चेतावनी पनि दिएका छन् ।  

जेन-जीका मौखिक ध्यानाकर्षण र माग सुनेर मन्त्री घिसिङले लिखित मागपत्र बुझ्दै बिदा भएका थिए । 

प्रकाशित: २५ आश्विन २०८२ १७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App