३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु : कुलमान घिसिङ

उज्यालो नेपालका प्रस्तावक कुलमान घिसिङले पनि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार रहेको बताएका छन्।

कुलमानले जेन-जी आन्दोलनपछि त्यसकै जगमा बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन तयार रहेको बताएका हुन्।

उनले नागरिकसँग भने, "अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन म पनि तयार हो।" उनले आवश्यकताअनुसार छलफल हुनुपर्ने र सहकार्यमार्फत अगाडि बढ्नुपर्ने बताएका छन्।

अहिलेसम्म बालेन शाह, सुशीला कार्की, हर्क साम्पाङ र सागर ढकालको नाम चर्चामा आएको छ। जसमा शाह नेतृत्व लिनका लागि अनिच्छुक देखिएका छन्, जेन-जी प्रतिनिधिहरूका अनुसार उनले सम्पर्कमा आउन चाहेका छैनन्।

कार्की नेतृत्वका लागि तयार छिन् तर, पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिले संवैधानिक रूपमा मन्त्रिपरिषद्को नेतृत्व लिन नहुने भनिएको छ। साम्पाङ र ढकाललाई भने जेन-जीहरूले विश्वास गर्न गरिसकेका छैनन्। तर, उनीहरूले भने आफूहरू नेतृत्व लिन तयार रहेको बताएका छन्।

यही पृष्ठभूमिमा कुलमानले आफूलाई पनि मन्त्रिपरिषद् नेतृत्वको 'रेस'मा मिसाएका हुन्। अब जेन-जी प्रतिनिधि र नेपाली सेनाका बिचमा वार्ता हुँदैछ। त्यसबाट अन्तरिम सरकार गठन हुनेछ।

केपी ओली नेतृत्वको सरकारले दुईदिने जेन-जी आन्दोलनको अगाडि घुँडा टेकिसकेको छ। आन्दोलन चर्किएसँगै प्रधानमन्त्री ओलीसहित प्रमुख दलका नेताहरू भूमिगत भएका छन्।

 

प्रकाशित: २५ भाद्र २०८२ १९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App