१ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेको छैन: वामदेव

नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता गौतमले राज्यका जिम्मेवार तहमा रहेका सबैको सम्पत्ति पारदर्शी हुनुपर्नेमा जोड दिए।

सम्पत्ति छानबिनका लागि व्यक्तिगत रूपमा तयार हुनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता गौतमले भने, ‘म किन नहुने ? हामीले त सम्पत्ति विवरण बुझाएको बुझाएकै छौं, हरेक वर्ष बुझाउनुपर्छ। म त छानबिनका लागि क्लियर छु, मलाई कुनै डर छैन।’

उनले सबै शीर्ष नेताहरूको सम्पत्ति विवरण सार्वजनिक र छानबिन हुनुपर्ने धारणा राखे।

सोही क्रममा नेता गौतमले वर्तमान सरकारको कार्यशैलीप्रति भने कटाक्ष गरे। सरकारको कामलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सरकारले पहिले काम गरोस् अनि भनूँला, अहिलेसम्म त काम गरेको देखेको छैन।’

प्रकाशित: २८ चैत्र २०८२ १८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App