२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक : ६ दलका नेताले सम्बोधन गर्ने

मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। 

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गर्ने गरी नाम टिपाएका संसद् सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अहिलेसम्म कसले सम्बोधन गर्ने भन्ने टुङ्गो लागेको छैन।  

यद्यपी प्रमुख प्रतिपक्ष दल तथा नेपाली कांग्रेसको तर्फबाट दलका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'काे नाम टिपाइएकाे छ। 

यस्तै श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क बहादुर राई (हर्क साम्पाङ), राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नाम टिपाएकाे भएपनि अन्तिम समयमा फेरिन सक्ने सचिवालयले जनाएको छ । 

प्रकाशित: २९ वैशाख २०८३ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App