२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाईः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई  बधाई दिएका छन्। नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेलगत्तै प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्।  

‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।’ 

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि नेताहरूले कमजोर बनाएको देशबाट बलियो बनेर निस्केकोमा नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन्। 

प्रकाशित: १८ श्रावण २०८२ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App