धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले भावी प्रधानमन्त्रीमा बारम्बार आफ्नो इच्छा दोहोर्याइरहेका छन्। उनी आज धरानबाट काठमाडौं आएर सिधै जंगीअड्डामा पुगेका थिए।
फेसबुकमा स्टाटस लेखेर देशको नेतृत्व गर्ने इच्छा देखाइरहेका साम्पाङ त्यसैका लागि प्रयास गर्न काठमाडौं आएका बताएका थिए। तर, जेनजीहरूको रोजाइमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की परेकी छन्। कार्की सिफारिसमा पर्ने भएपछि साम्पाङले आफ्ना समर्थकहरूलाई जंगी अड्डा बाहिर उतारेका छन्।
सोही क्रममा हर्कले सामाजिक सञ्जालमा लेख्दै आफू र बालेन शाहले कार्कीलाई भावी प्रधानमन्त्रीको रूपमा समर्थन नजनाएको बताएका छन्। उनले बाहिर आएका खबर सबै गलत भएको जिकिर गरेका छन्।
उनी लेख्छन्, 'शुसिला कार्की ज्युलाई बालेन र मैले कहाँ समर्थन जनायौँ र? यो सब गलत हो!'
प्रकाशित: २५ भाद्र २०८२ २०:२२ बुधबार





