२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन्। नेपाली कांग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।  

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा नियमावली, २०७४ अनुसार दल त्याग गरेको आधारमा बुढाको पद रिक्त भएको सूचना जारी गरेको हो।  

साथै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएका छन्। दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। 

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले सम्बन्धित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि आयोगको असार ८ गते बसेको बैठकले उनीहरूको पद रिक्त गर्ने निर्णय गरेको थियो।  

 

प्रकाशित: ९ असार २०८३ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App