१५ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

सांसदहरूले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍यो : प्रमुख सचेतक राई

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सो पार्टीका प्रमुख सचेतक राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्तमात्रामा सम्बोधन गर्न नसकेको भनी दुःख व्यक्त गरे।

उनले वैदेशिक रोजगारीका नाममा ‘फ्रि भिसा, फ्रि टिकट’ भनिएता पनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने विषय किन कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सचेतक राईले मुलुकका विभिन्न जिल्लामा बाँदर आतङ्कका विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बाँदर नियन्त्रण र व्यवस्थापनका विषयमा प्रभावकारी ढङ्गले योजना बनाएर कार्यान्वयन नभएको भनी गुनासो गरे।

नदी तथा खोला आसपासको अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान नपुगेको उनले बताए।

प्रकाशित: १५ आश्विन २०८३ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App