२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

गोकुल बास्कोटा भन्छन् : रास्वपामा अब फाइनल ‘हाइज्याक’ हुन बाँकी जस्तो देखियो

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हाइज्याक हुने बाटोमा गएको दाबी गरेका छन्। 

सामाजिक सञ्जाल एक्समा पूर्वमन्त्री समेत रहेका बास्कोटाले लेखेका छन्, ‘रास्वपामा अब फाइनल हाइज्याक हुन बाँकी जस्तो देखियो। यद्यपि त्यो उनीहरूको मामिला हो।’ 

उनले कसैको नाम नलिए पनि पछिल्लो समय रास्वपाभित्र र सत्ता सञ्चालनमा समेत सभापति रवि लामिछानेभन्दा प्रधानमन्त्री बालेन्द्र शाहको पक्ष हाबी भइरहेको चर्चा चल्न थालेपछि उनको यस्तो भनाइ आएको हो। 

बास्कोटाले रास्वपाको आन्तरिक राजनीतिक सन्तुलन बिग्रँदै गएको संकेत गरेका छन्।

प्रकाशित: ८ वैशाख २०८३ १०:२९ मंगलबार