उज्यालो नेपाल पार्टी भक्तपुर जिल्लाको संयोजकमा दुर्गा बहादुर घिमिरे चुनिएका छन् । पार्टीको भक्तपुर भेलाले घिमिरे संयोजक र पाँच जना सहसंयोजक तोकेको हो ।
चार जना सहसंयोजकहरुमा छन्दविज्ञान निरौला, नयन बास्तोला, कृष्ण खड्का, रमेश वल्ल, सन्तोषी चालिसे छन् । साथै जिल्लाका चार वटा नगरपालिकाहरुमा चार जना सम्पर्क व्यक्ति पनि तोकिएका छन् । त्यसमा भक्तपुर नगरपालिकामा राजेन्द्र कासुला, मध्यपुर थिमिमा यादवप्रसाद घिमिरे, सूर्यविनायकमा शान्तबहादुर तामांग र चाँगुनारायणमा अर्जुनप्रसाद नेपाल चुनिएका छन् ।
जिल्ला कार्यसमिति र नगर कार्यसमिति छिटै विस्तार गरी जनतामा जाने योजना रहेको संयोजक घिमिरेले जनाए ।
प्रकाशित: २८ मंसिर २०८२ १७:१२ आइतबार





