२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

बालेनविरुद्ध आक्रामक रक्षा बम: सरकारको 'गरिबमारा' नीतिले नेपालीको मृत्यु, दोष सुनितामाथि थोपर्ने प्रपञ्च!

काठमाडौंमा शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाप्रति जेनजी नेपाल फ्रन्टकी संयोजक रक्षा बमले कडा आक्रोश व्यक्त गरेकी छिन्। 

सामाजिक सञ्जालमार्फत उनले गणेशले आत्मदाहको बाटो रोज्नुमा काठमाडौंका पूर्वमेयर र हालका प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली जिम्मेवार रहेको आरोप लगाएकी छिन्। संयोजक बमले लेखेकी छिन्, ‘३५ वर्षको भारी पुरानालाई बोकाउने रास्वपा समर्थक र बालेनको फ्यानबोईहरूले, बालेनलाई ३ वर्षको भारी बोकाउन अब तयार हुनुपर्छ। आज गणेश आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन काठमाडौंको मेयर हुँदा महानगर प्रहरीमा प्लान्ट गरिएको अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति नै हो। ’

उनले थप अगाडि भनेकी छिन्, ‘बालेनको नगरप्रहरीले निरन्तर गरिब, सडक व्यापारी र सुकुम्बासीको आत्मसम्मानमा हमला गरिरह्यो र मेयरसाबले त्यसलाई मानवीय दृष्टिकोणबाट कहिल्यै पनि हेर्न चाहेनन्। अहिले पनि उनी यसलाई निरन्तरता दिइरहेका छन्, मेयरताकाको तुलनामा उनको डोजर अझ ठुलो भएको छ। नगरप्रहरीको लाठीबाट एकै इसारामा प्रहरी र सेनाको बन्दुकका नाल तेर्साउन सक्ने भएका छन्।’

बमले चुनावी वाचा बिर्सिएर मेयर भएपछि बालेन्द्र शाह ‘गरिबमारा’ बनेको दाबी गरेकी छिन्। उनले भनिन्, ‘सत्य कुरा के हो भने, मेयरको चुनावी अभियानमा सजिलै सडक व्यापारी व्यवस्थापन गर्छु भनेर धाक लगाएका उम्मेदवार बालेन शाह, महानगरको कमाण्डर भएपछि एकाएक बदलिए र गरिबमारा बन्न पुगे।’

उनले चेतावनी दिँदै लेखेकी छिन्, ‘जबसम्म बालेनले आफ्नो शैली सुधार्दैनन्, उनलाई निरन्तर गल्ती दोहोर्‍याउन छुट दिने फ्यानबोईहरूले बालेनलाई ३ वर्षे महानगरकालीन सत्ता सञ्चालनको भारी बोकाउँदैनन्, तबसम्म यो चलिरहन्छ, गणेशहरू मरिरहन्छन्।’ 

उनका अनुसार अब सरकारले ध्यान भड्काउन कोसिस गर्ने दाबी समेत गरेकी छन्। संयोजक बमले थपिन्, ‘अब एउटा तप्का आत्मदाह गर्ने गणेशमाथि प्रश्न र लाञ्छना तेर्साउन सुरु गर्छ, गणेशको मृत्युको दोष राज्यबाट सुनिता डंगोल नेतृत्वको महानगरलाई लगाउन खोज्छ। सरकार नयाँ फण्डा खोज्न थाल्छ, सम्भवतः अब केही दिनमा अर्को विवादास्पद कुरा तुरुप सरह हामीमाझ फालिन्छ, मास डाइभर्ट गरिन्छ। सुधन गुरुङका कारण चर्को आलोचना हुन थालेपछि, एकाएक थापाथलीको सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाए जसरी। र सुधन गुरुङको पुनर्बहालीमा दरबार हत्याकाण्डको छानबिन गर्छु भनेजसरी।’

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालको ‘आइसियु’मा उपचारका क्रममा निधन भएको हो। अहिले यो घटनाले सडकदेखि सदनसम्म चर्चाको विषय बनेको छ। 

हेर्नुस् उनको फेसबुक स्टाटस
३५ वर्षको भारी पुरानालाई बोकाउने रास्वपा समर्थक र बालेनको फ्यानबोईहरूले, बालेनलाई ३ वर्षको भारी बोकाउन अब तयार हुनुपर्छ।
आज गणेश आत्मदाह गर्नुपर्ने अवस्था आउनु बालेन काठमाडौंको मेयर हुँदा महानगर प्रहरीमा प्लान्ट गरिएको अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्ति नै हो। बालेनको नगरप्रहरीले निरन्तर गरिब ,सडक व्यापारी र सुकुम्बासीको आत्मसम्मानमा हमला गरिरह्यो, र मेयरसाबले त्यसलाई मानवीय दृष्टिकोणबाट कहिल्यै पनि हेर्न चाहेनन्। अहिले पनि उनी यसलाई निरन्तरता दिइरहेका छन्, मेयरताकाको तुलनामा उनको डोजर अझ ठुलो भएको छ, नगरप्रहरीको लाठीबाट एकै इसारामा प्रहरी र सेनाको बन्दुकका नाल तेर्साउन सक्ने भएका छन्।
सत्य कुरा के हो भने, मेयरको चुनावी अभियानमा सजिलै सडक व्यापारी व्यवस्थापन गर्छु भनेर धाक लगाएका उम्मेदवार बालेन शाह, महानगरको कमाण्डर भएपछि एकाएक बदलिए र गरिबमारा बन्न पुगे। अति भएर चमेली अभियान, अभियानता इः, महानगर बाहिर १९९ घण्टा उभिँदा सम्म वार्ता प्रारम्भ गर्ने चाईचुई नगरेपछि, उनकै सचिवालयबाट विद्रोह हुने अवस्था सिर्जना भयो अनि मात्र गलेका हुन्। पछि अदालतले अंकुश लगाउन थालेपछि आफ्नो एक्सप्रेस वेमा कुदिरहेको डोजरको स्पिड घटाएका हुन्।
तर उनले त्यो गरिबमारा शैली संरचनागत रूपमा प्लान्ट गरिसकेका थिए। कर्णालीमा सडक छेउ काफल बेच्ने दिदीको आत्मसम्मानमा त्यही प्लान्टेड प्रवृत्तिले झापड हानेको हो, वनका कर्मचारीको भेषमा त्यही प्लान्टेड प्रवृत्तिले गरिबको अटो भिरबाट गुल्टाएको हो। र यो चलिरहने छ, जबसम्म समाजको ठुलो एउटा तप्काले यी कदमहरूलाई प्रोत्साहन गर्छ। गरिब र अन्यायमा परेकाको आँसु उसको लागि मिम मेटेरियल बन्छ, तबसम्म यो चलिरहन्छ।
अब एउटा तप्का आत्मदाह गर्ने गणेशमाथि प्रश्न र लाञ्छना तेर्स्याउन  सुरु गर्छ, गणेशको मृत्युको दोष राज्यबाट सुनिता डंगोल नेतृत्वको महानगरलाई लगाउन खोज्छ। सरकार नयाँ फण्डा खोज्न थाल्छ, सम्भवतः अब केही दिनमा अर्को विवादास्पद कुरा तुरुप सरह हामीमाझ फालिन्छ, मास डाइभर्ट गरिन्छ। सुधन गुरुङका कारण चर्को आलोचना हुन थालेपछि, एकाएक थापाथलीको सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाए जसरी। र सुधन गुरुङको पुनर्बहालीमा दरबार हत्याकाण्डको छानबिन गर्छु भनेजसरी।ी।
त्यसैले जबसम्म बालेनले आफ्नो शैली सुधार्दैनन्, उनलाई निरन्तर गल्ती दोहोर्‍याउन छुट दिने फ्यानबोईहरूले बालेनलाई ३ वर्षे महानगरकालीन सत्ता सञ्चालनको भारी बोकाउँदैनन्, तबसम्म यो चलिरहन्छ,
गणेशहरू मरिरहन्छन्।
अलबिदा गणेश। धेरै सतायो यो राज्यले । अब आराम गर।

प्रकाशित: २६ असार २०८३ १५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App