२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस सभापतिमा गगन भर्सेस श्यामकृष्ण : यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ।

नामावलीअनुसार सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन्।

नयाँ नेतृत्वका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ११४ रहेको छ। कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि राजधानीमा जारी छ।

प्रकाशित: २१ आश्विन २०८३ २२:२९ बुधबार