२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

गगन सिंगो पार्टीको बन्नै सकेनन्: पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले गगनकुमार थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताएका छन् ।  

उनले आफूसँग भेट गर्न आएका बेला सिंगो पार्टीको सभापति बन्न आग्रह गरेको उल्लेख गर्दै अहिलेको पार्टी सभापति थापा सानेपाको मात्रै सभापति रहेको बताए ।  

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा पूर्व कार्यबहाक सभापति खड्काले पार्टी विभाजनको डिलमा रहेको बताए । उनले तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए ।  

‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ सभापति र उपसभापतिसँगको केही दिनअघि भएको भेटमा खड्काले भने, ‘तर, पार्टी मिलाउने कि फुटाउने तपाईहरुको जिम्मामा छ भनेको छु ।’ उनले अदालतले जिताएपछि आफूहरुले पनि सभापति मानेको बताउँदै सिंगो कांग्रेसको सभापति बन्न सुझाव दिए ।

खड्काले विशेष महाधिवेशनका कारणले कांग्रेस प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिएको बताए । ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुई तिहाई नजिक पुग्यो, उनले भने, ‘त्यो नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो ।’

 

प्रकाशित: २ जेष्ठ २०८३ १८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App