नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त भएका छन्।
नियुक्त हुनेहरूमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट रहेका छन्।
नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शपथ ग्रहणसँगै उनीहरूले नेपाल नर्सिङ परिषद्को सदस्यका रूपमा जिम्मेवारी सम्हालेका छन्।
प्रकाशित: १९ आश्विन २०८३ ११:३१ सोमबार





