३१ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

मधेशमा गोली चलाउने प्रवृत्ति अन्त्य गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षाभन्दा ठूलो अर्को कुनै विषय हुन नसक्ने बताएकी छिन्। 

मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले मधेशका नागरिकमाथि सामान्य विवादमा समेत गोली प्रहार भएको भन्दै दुई पक्षबीचको सामान्य विवादमाको अन्त्य हुुन नसकेको बताइन्। आफुले उक्त स्थानको प्रत्यक्ष अवलोकन गरेको बताउँदै सर्वसाधारणमाथि गोली हान्नुपर्ने अवस्था नभएको बताइन्।  

‘घटनास्थलको अध्ययन गर्दा सुनसरीको घटनास्थलमा पनि म पुगेकी छु। सिराहाको गोलबजारको घटनास्थलमा पनि पुगेकी छु। कुनै पनि स्थानमा गोली चलाउने अवस्थाको सिर्जना मैले देखेको थिइनँ,’ उनले भनिन्, ‘टाउको र छातीमा गोली हानेर घटना साम्य पार्नुपर्ने अवस्था थिएन, त्यही पनि गोली प्रहार भएको छ।’ 

उक्त घटनापछि रास्वपा सभापति रवी लामिछानेले जिम्मेवारी पूर्वक आफ्नो भुमिका निर्वाह गरेको बताउँदै युवाहरुले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा निर्माण गर्न अध्ययन, संवाद र बहसबाट अगाडी बढ्नुपर्ने बताइन्। 

‘कुनै पनि राजनीतिक विचार समयसँगै विकसित हुँदै जानुपर्छ। त्यसैले आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुस्, आफ्ना विचार व्यक्त गर्नुस्। अरूका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुहोस्,’ उनले भनिन्। 

लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नु नभई फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तथ्य तथा तर्कका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्नुपर्ने उनको भनाइ छ। 

प्रकाशित: ३१ श्रावण २०८३ १७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App